राजनीति

समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

इकागज |
मंसिर १०, २०७९ शनिबार ०:४० बजे

फाइल तस्बिर

काठमाण्डाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १५ लाख १५ हजार ७७७ मत प्राप्त गरेको छ ।    
    
 नेपाली कांग्रेस १४ लाख ४० हजार ७०६ मतसहित दोस्रो स्थानमा छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ७५ हजार ४५२ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले ६ लाख ४१ हजार १९१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ४१ हजार ६१३ मत प्राप्त गरेको छ ।

जसपा नेपाल भने एक लाख ८१ हजार १७४ मतसहित छैटौं स्थानमा छ । यस्तै, नेकपा एकीकृत समाजवादी एक लाख २६ हजार ७६१ मतसहित सातौं स्थानमा छ भने नागरिक उन्मुक्ति पार्टी एक लाख २२ हजार ६३६ मतसहित आठौं, जनमत पार्टी एक लाख १६ हजार १७८ मतसहित नवौं र लोसपा नेपाल ७४ हजार २६७ मतसहित दसौँ स्थानमा छ ।



Author

थप समाचार
x