राजनीति

काभ्रे १ मा माओवादीका सूर्यमान विजयी

इकागज |
मंसिर १०, २०७९ शनिवार ५:२९ बजे

काभ्रे । जिल्लाकाे क्षेत्र नम्बर १ बाट सूर्यमान तामाङ (दोङ) विजयी भएका छन् ।  नेकपा माओवादी केन्द्रका उम्मेदवार दोङ ३४ हजार ५ सय १२ मतसहित विजयी भएका हुन्। 

उनले नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामालाई पराजित गरे । लामा ३० हजार ५ सय ४८ मतमै राेकिए ।


त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर विश्‍वकर्माले १ हजार ८ सय ५३ मत ल्याए  ।


Author

थप समाचार
x