राजनीति

इलाम–१ मा पुनःमतदान गर्नुपर्ने झलनाथ खनालको माग

इकागज |
मंसिर १०, २०७९ शनिबार १४:२९ बजे

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ मा पुनः मतदानको माग गरेका छन् । शनिबारको मतगणनामा खसेको मतभन्दा २ सय ६६ मत बढी भेटिएको भन्दै खनालले यस्तो माग राखेका हुन् ।

खनालले इकागज वार्तामा भने, ‘अस्ति झन्डै पाँच सय मत गायब भयो । आज ६ वटा पेटिकाको मत गनियो । भर्खरै त्यसको घोषणा भयो । त्यो घोषणा हुँदाखेरि २ सय ६६ मत बढी भयो । त्यो बाकसमा कति मत खस्यो भन्ने मुचुल्कामा छ । तर, बाकसबाट निकालेर गन्दा २ सय ६६ मत बढी हुन्छ ।’


उनले अगाडि भने, ‘त्यो बढी मत ब्रह्माजीले हो कि महादेवले ल्याएर हालिदिएको हो ?’

उनले आफू पुनःमतदानका लागि निर्वाचन आयोगसँग माग राखेको समेत बताए । यसबारे विस्तृत रुपमा जानकारी दिन उनले आजै पत्रकार सम्मेलन पनि गर्दैछन् । 


Author

थप समाचार
x