राजनीति

आम चुनाव २०७९

समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस, कुन दलले कति ल्याए ?

इकागज |
मंसिर ११, २०७९ आइतबार १२:४४ बजे

काठमाडौं– प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । हालसम्म गनिएको ८४ लाख ८२ हजार ३३३ मतमा एमाले २३ लाख ३३ हजार ८४२ मतसहित शीर्ष स्थानमा छ । 

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेस २२ लाख ३६ लाख ६४७ मतसहित एमालेलाई पछ्याइरहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र ९ लाख ७८ हजार २८१ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ३० हजार ४५ ल्याएर चौथौ स्थानमा छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८८ हजार ८२६ मत पाएको छ । 


यस्तै, राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः २ लाख ९२ हजार ४२३, २ लाख २८ हजार ४७८, २ लाख २७ हजार ९१६ र १ लाख ९८ हजार १०५ मत पाएका छन् । 
 


Author

थप समाचार
x