राजनीति

निश्चित भयो पूर्वप्रधानमन्त्री खनालको हार

इकागज |
मंसिर ११, २०७९ आइतवार १५:१७ बजे

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । इलाम १ मा एमाले नेता महेश बस्नेतले उनलाई पछि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार खनाल एमालेका महेश बस्नेतभन्दा २५०२ मतले पछि छन् । बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरेका छन् । खनालको २१ हजार ८०२ मत रहेको छ । खनालले यही क्षेत्रबाट एमालेबाट यसअघि ५ पटक चुनाव जितेका थिए । उनी २०४८‚ २०५१, २०६४‚ २०७० र २०७४ मा निर्वाचित भएका हुन् ।


यहाँ ५९ हजार १३६ मत खसेको थियो । अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ ।
 


Author

थप समाचार
x