राजनीति

सुनसरी-४ : एमालेका कुसियैतभन्दा ७३ मतले कांग्रेसका कार्की अगाडि

इकागज |
मंसिर १४, २०७९ बुधबार १९:२३ बजे

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा का‌ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले पछ्याइरहेका छन् । जारी मत गणनामा कुसियैतभन्दा कार्की ७३ मतले अघि छन् ।

कार्कीले २७,८९८ मत ल्याउँदा  एमालेका कुसियैतले २७,८२५ मत पाएका छन् ।


 कुसियैतले कार्कीसँगको मतान्तर निरन्तर तल झारेका कारण मतगणनास्थलमा एमालेका नेता कार्यकर्ताहरु उत्साहित बनेका छन् ।

कांग्रेसका कार्की र एमालेमा कुसियैतबीचको मतान्तर एक सयभित्रै अघिपछि भइरहेका कारण उनीहरुले निकै कठिन समय व्यहोरिरहेका छन् । प्रदेश १ को २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब सुनसरी ४ को मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ । 

कार्की र कुसियैतबीचको कडा टक्करले परिणाम पनि रोचक बन्नसक्ने नेता कार्यकर्ताहरुको बुझाई छ । मतगणनामा विवाद देखिएयता सुरक्षाकर्मीले कडा चेकजाँच गरेरमात्रै दलका प्रतिनिधिहरुलाई गणनास्थलमा पठाउँदै आएको छ ।


Author

थप समाचार
x