राजनीति

सुनसरी-४ मा फेरि कार्कीको अग्रता, कुसियैत ४१ मतले पछाडि

इकागज |
मंसिर १५, २०७९ बिहिवार १०:३ बजे

काठमाडौँ- सुनसरी ४ मा फेरि नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन् ।  पछिल्लो मतपरिणाम अनुसार बहालवाला सञ्चारमन्त्री कार्की ४१  मतले अघि बढेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ७३ मत ल्याउँदा मन्त्री कार्कीले ३० हजार २१४ पाएका छन्। 


त्ययसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १ सय ६८ मत, राप्रपाका विद्यानन्द यादवले ३ हजार १ सय २७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।


Author

थप समाचार
x