राजनीति

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

इकागज |
मंसिर १५, २०७९ बिहीबार १९:४३ बजे

स्याङ्जा- स्याङ्जा–२ मा प्रतिनिधि सभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ सय सात मतसहित अग्रता कायम राखेका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पदमकुमारी अर्यालले पाँच हजार आठ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनीहरूबीच दुई हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सस २८ मत प्राप्त गरेका छन् ।


स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भीरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार पाँच सय छ मत सदर भएको र छ सय नौ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।

स्याङ्जा–२ (१) प्रदेश सभामा आठ हजार सात सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले छ हजार छ सय ३६ मतसहित उनलाई पछ्याइरहेका छन् । प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार एक सय ४८ मत गणना हुँदा १६ हजार छ सय ७५ मत सदर भएको छ भने चार सय ७३ मत बदर भएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई सात हजार तीन सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई पाँच हजार छ सय ४३ मत प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार सात सय २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कूल १७ हजार तीन सय छ मत गणना हुँदा १६ हजार सात सय ९० मत सदर भएको छ । पाँच सय १६ मत बदर भएको छ । 

प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले आठ हजार तीन सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार तीन सय ५९ मत प्राप्त गरेको छ । प्रदेश समानुपातिकतर्फ १७ हजार एक सय तीन मत गणना हुँदा १६ हजार तीन सय ७८ मत सदर भई ७२५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।


Author

थप समाचार
x