राजनीति

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

इकागज |
मंसिर १६, २०७९ शुक्रवार २१:५१ बजे

काठमाडौँ- दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

हालसम्म ११ हजार आठ सय २९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले पाँच हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले चार  हजार सात सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।


दोलखाको प्रदेशसभा (१) मा ११ हजार चार सय नौ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले  पाँच हजार ६ सय ९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार पाँच सय १५ मत ल्याएका छन् । प्रदेशसभा (२) मा ११ हजार पाँच सय २३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार एक सय ७५ र कांग्रेसका बर्मा लामाले  पाँच हजार तीन सय ७३ मत प्राप्त गरेका छन् ।

दोलखामा कूल  ८५ हजार तीन सय ८८ मत खसेको थियो ।


Author

थप समाचार
x