राजनीति

बाजुरामा बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

इकागज |
मंसिर १७, २०७९ शनिबार १७:० बजे

काठमाडौं- सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।


४ मंसिरकाे निर्वाचनमा विवाद भएपछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे । 


Author

थप समाचार
x