राजनीति

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक : अध्यक्ष तिमिल्सिना

इकागज |
मंसिर १७, २०७९ शनिबार २०:४४ बजे

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् । 

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’  विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए । 


अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए । नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प नभएको भन्दै स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो सङ्केत नभएको बताए । 

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समुदायको पनि भएको बताउँदै भने, 'सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला । दलप्रति वितृष्णा बढ्नु राम्रो होइन ।'

अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरूले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताए । 

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालमा हालै सम्पन्न निर्वाचनलाई निष्पक्ष हुनुपर्छ र लोकतन्त्र बालियो हुनुपर्छ भनेर जापानले देखाएको शुभेच्छाप्रति धन्यवादसमेत व्यक्त गरे ।


Author

थप समाचार
x