राजनीति

स्याङ्जा-२ बाट प्रतिनिधि सभामा धनराज गुरुङ विजयी

इकागज |
मंसिर १७, २०७९ शनिबार २१:१४ बजे

स्याङ्जा- स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराज ३१ हजार ४६६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरूबीच ५ हजार ६२७ मतकाे अन्तर रहेकाे छ ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन् । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।


Author

थप समाचार
x