राजनीति

बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

इकागज |
मंसिर १८, २०७९ आइतबार ९:१८ बजे

कैलाली - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार  पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९  मत ल्याए । थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित  भएका हुन् ।


यहाँ प्रदेश सभा तर्फ पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । बाजुरा प्रदेश 'क' मा  एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही निर्वाचित भएका छन् भने 'ख' मा  नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x