राजनीति

सीमा विवादको समस्यालाई ठूलो नबनाउने सहमतिमा नेपाल भारत सीमा सुरक्षा बैठक सम्पन्‍न

इकागज |
मंसिर २१, २०७९ बुधबार १८:५ बजे

दार्चुला- नेपाल भारत सीमा सुरक्षा बैठक भारतको धार्चुलामा  सपन्‍न भएको छ । सो बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिष्ट,प्रहरी प्रमुख तर्कराज पाण्डे,महाकाली नदि नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिह धामी  तथा भारतको तर्फबाट डिएम रीना जोशी ,एसडिएम दिवेश शासनिको उपस्थिति रहेको थियो ।

सरकारले महाकाली नदीको विवाद सम्बन्धमा भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो।  त्यसै नोटलाइ आधारमा आज दुई देशको बैठक आयोजना गरिएको बुझिएको जनाइएको छ । 


दुई देशको सहमतिमा महाकाली नदिको बहाब पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । नेपालका इन्जिनियरहरु र भारतका इन्जिनियरहरुको संयुक्त अनुगमनमा काम गरिने डिएम रिना जोशीले बैठक पश्चात जानकारी दिइन् ।

उनले भनिन, 'महाकाली नदिको किनारमा राखेको बालुवा हटाउने कुरा भएको छ। पुन: १० दिन पछि यस्तै नेपाल भारतको सीमा सुरक्षा बैठक बस्नेछ । नेपाल भारतका दुवै तर्फका इन्जिनियरहरूले महाकाली नदिमा बनाएका संरचनाहरुको अनुगमन गर्न पाउनेछन।'  उनले २/३ दिन अगाडि देखिएको सीमा विवादको समस्यालाई धेरै ठूलो नबनाइ सामान्य रुपले लिने कुराको सहमति भएको बताइन । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपालको भुभाग जोगाउन यो बैठक निकै आवश्यक  थियो भन्दै विवाद हुँदा दुवै देश बसेर समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, '​आफ्नो भूमि जोगाउनु छ भन्दैमा तटबन्ध मिचेर काम गर्नु हुँदैन । मैले कार्यक्रममा भनेको छु महाकाली नदिमा बनेका अस्थायी टहराहरू भोलि देखि भत्काउनु पर्छ,आवश्यकता भन्दा बढी नदिमा हालिएका तारजालीहरु हटाउनु पर्छ ।' उनले भने, 'महाकाली नदिलाईबीच भागमा बगाएर छोड्नु पर्ने र विवाद हुने ठाउँमा काम अगाडि नबढाई तत्काल बैठक बसेर समाधान गर्नु पर्छ । तब मात्रै दुई देशको सम्बन्ध मित्रवत हुन्छ।'

मनसुन सुरु हुनु भन्दा पूर्व  नै महाकाली नदिलाइ पुरानै अवस्थामा फर्काउनु पर्ने कुरामा छलफल भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। उनले भने, 'आजको बैठक निकै सकारात्मक भएको छ । बाँकी कुरा त भोलि पर्सि काम गर्दै जाँदा थाहा हुन्छ ।'

नेपाल भारतको सीमा बैठकमा दुई देशका उच्च अधिकारीहरू महाकाली नदिमा बनेको अवैधानिक तटबन्धको बारेमा भारतको एच पिसी उँधौली धार्चुलामा छलफलका लागि उपस्थिति

 

 


Author

थप समाचार
x