राजनीति

महासचिव गौतमलाई पत्र लेख्ने अधिकार छः अधिवक्ता पण्डित

इकागज |
मंसिर २३, २०७९ शुक्रवार १६:१० बजे

काठमाडौं– वरिष्ठ अधिवक्ता गान्धी पण्डितले संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसद्मा विचाराधीन महाअभियोग निष्क्रिय भएको भन्दै पत्र लेख्ने अधिकार रहेको जिकिर गरेका छन् । 

महासचिव गौतमलाई कसैमाथि निलम्बनको पत्र लेख्ने अधिकार हुन्छ भने फुकुवाको पत्र पनि लेख्ने पनिअधिकार हुने उनले दाबी गरे । ‘यदि उनलाई फागुन ४ गते निलम्बनको पत्र लेख्ने अधिकार छ भने अहिले फुकुवाको पत्र लेख्ने अधिकार पनि छ । यदि त्यो बेला निलम्बनको अधिकार हुँदैन्थ्यो भने अहिले फुकुवाको अधिकार पनि हुँदैन्थ्यो,’ गान्धीले शुक्रबार इकाजगसँग भने । 


त्यस्तै, उनले सर्वोच्च अदालतले आज पत्रको वैधानिकतासँगै महाअभियोग निष्क्रियताको समयसीमाका सम्बन्धमा पनि फैसला गर्नुपर्ने बताए । ‘सर्वोच्चले आज पत्रको वैधानिकतासँगै महाअभियोगको समयसीमाको सन्दर्भमा पनि फैसला गर्नुपर्छ । महाअभियोग अनन्तकालसम्म चल्ने कि एउटा समयसीमासम्म चल्ने भन्नेमा पनि फैसला हुनुपर्छ,’ गान्धीले भने । 

निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको बहस संवैधानिक इजलासमा सकिएको छ । शुक्रबार कायममुकायम प्रधाानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको इजलासमा भएको बहस अहिले सकिएको हो । 

उक्त रिटमाथि भएको बहसको फैसला आउन बाँकी छ ।
 


Author

थप समाचार
x