राजनीति

चीनबाट आज स्वदेश फर्किंदै वर्षमान पुन

इकागज |
पुस ५, २०७९ मंगलबार ९:२२ बजे

काठमाडौँ - उपचारका लागि चीनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन् । स्वास्थ्य सुधारोन्मुख भएपछि उनी आज १ बजे नेपाल फर्किन लागेका हुन् । उनी गत मंसिर १६ गते पत्नी ओनसरी घर्तिमगरसहित फलोअपका लागि चीन गएका थिए ।

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जन्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका हुन् । यसअघि ०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। 



Author

थप समाचार
x