राजनीति

प्रधान सेनापतिसँग श्रीलंकाका राजदूत र सार्क महासचिवको छुट्टाछुट्टै भेट

इकागज |
बैशाख १५, २०७८ बुधबार १९:३४ बजे

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापासँग आज नेपालका लागि श्रीलंकका राजदूत हिमाली अरुनातिलका र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला रुवान विराकुनले भेटघाट गरेका छन् । सार्क महासचिव विराकुन पनि श्रीलंकन हुन् ।

सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटमा दुई पक्षीय अपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।


सार्क निष्क्रिय भएको भनेर आवाज उठिरहेको बेलामा महासचिव विराकुनले प्रधान सेनापतिलाई भेटेका हुन् ।


Author

थप समाचार
x