राजनीति

खनालको टिप्पणीः रास्वपा र जनमत पार्टी रहस्यमय र बुर्जुवा शक्ति (पूर्णपाठ)

इकागज |
पुस १८, २०७९ सोमबार १३:४५ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र र जनमत पार्टीलाई रहस्यमय र बुर्जुवा उदारवादीको संज्ञा दिएका छन् । खनालले शनिबार पार्टीको स्थायी कमिटी बैठकमा पेस गरेको दस्तावेजमा राष्ट्रिय स्वतन्त्र र जनमत पार्टीलाई यस्तो संज्ञा दिएका हुन्। 

आठ पृष्ठ लामो उक्त दस्तावेजमा ‘बुर्जुवा उदारवादी शक्ति’ शीर्षकमा उनले लेखेका छन्, 'रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ । त्यो पनि आम रूपमा बुर्जुवा उदारवाद कै पक्षमा देखिन्छ । तराईमा जनमत पार्टी उदाएको छ । त्यो पनि आम रूपमा त्यसै वर्गीकरणमा देखिन्छ ।’


नेता खनालले सो दस्तावेज सोमबारदेखि पार्टी कार्यालयमा सुरु भएको पोलिटब्युरो बैठकमा पनि पेस गरेका छन् । सरकारमा सहभागी हुने या नहुने, वामपन्थी एकतालगायत विभिन्न विषयमा निर्णय गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी छ । 


Author

थप समाचार
x