राजनीति

भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने

इकागज |
पुस २५, २०७९ सोमबार १४:२९ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतका रूपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् । 

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे । 


त्यस्तै भ्रष्टाचारका फाइल खोल्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरूलाई  आग्रह गरे ।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्‍याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरूले अनियमितता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे । 

साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरूप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।


Author

थप समाचार
x