राजनीति

भुटनदेवी विद्यालय बन्यो राष्ट्रिय सभा उपनिर्वाचनको मतदान स्थल

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १४:५४ बजे

काठमाडौं : निर्वाचन आयोगले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी मा.वि.लाई मतदान स्थल तोकेको छ । जेठ ६ गते बिहीबारका दिन हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि तोकेको हो ।

मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकेको छ । 

निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको आयोगले जानकारी दिएको छ । 



Author

थप समाचार
x