नवनिर्वाचित सभामुख घिमिरेले भने– दलीय छाँयामा बस्दिनँ

काठमाडौं– नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफू दलीय छाँयामा नबस्ने प्रष्ट पारेका छन् । सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले आफ्नो भूमिका निष्पक्ष र तटस्थ हुने दाबी गरे ।
दलका नेताहरुको कुरा सुन्नुभन्दा छलफल, विधि, पद्धतिबाट समस्याको समाधान गर्ने तर्फ केन्द्रीत हुने उनले बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उपस्थित २६८ सांसदमध्ये घिमिरेलाई १६७ सांसदले मत दिएका छन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी इश्वरी न्यौपानेले भने १०० मत मात्रै पाइन् । एक जना सांसद भने तटस्थ बसेका छन् ।
सभामुख बनेका घिमिरे प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा -२ बाट निर्वाचित भएका हुन् ।
सत्तारूढ दलहरूको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका थिए ।
उनको समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बसेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया