राजनीति

उपसभामुख पदको निर्वाचन माघ ७ गते

इकागज |
माघ ५, २०७९ बिहिवार १५:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए ।


आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरिन् । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो ।

सभामुखका लागि मतदानमा २६८ सांसद सहभागी रहेका थिए ।


Author

थप समाचार
x