राजनीति

दीप बस्न्यातको रिटमा अख्तियारलाई सर्वोच्चको कारण देखाउ आदेश

इकागज |
बैशाख १९, २०७८ आइतवार १३:२७ बजे

काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मिरा खड्काको इजलासले आयोगलाई कारण देखाउ आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनले थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् ।

भौतिक पूर्वाधार सचिव हुँदा बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएका थिए । त्यसमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार  भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।  



Author

थप समाचार
x