पानी निर्यात गर्ने विषयमा अन्तर्राष्ट्रियस्तरमै अध्ययन गरिन्छः मन्त्री खान

काठमाडौँ - खानेपानीमन्त्री अब्दुल खानले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पुर्याउन सरकार लागिपरेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खानले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाए ।
कुनकुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उनले नेपालभित्र पानी नपुगेका जनसङ्ख्यालाई सहजरूपमा पानीको पहुँच पुर्याउन आफू अग्रसर रहने बताए ।
मन्त्री खानले भने, 'हामी खानेपानी निर्यात गर्दैछौँ । यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।' उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्याउने भनेकाले आफू त्यसमा लाग्ने बताए ।
विभिन्न जिल्ला भ्रमणमा रहेका मन्त्री खानले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्याउने भनेकाले आफू त्यसमा लाग्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया