राजनीति

तत्काल सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री

इकागज |
माघ १९, २०७९ बिहीबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् ।

बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताए ।


उनले भने, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारे । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ । 


Author

थप समाचार
x