राजनीति

नागरिक उन्मुक्तिले भन्याे : अरुण चाैधरी चारपटक चुनाव लड्दा राज्य र आयोग के हेरेर बस्यो ?

सरकारलाई २४ घन्टे अल्टिमेटम, कार्यकर्तालाई आन्दोलनका लागि उत्रन तयारी अवस्थामा रहन निर्देशन

इकागज |
माघ १९, २०७९ बिहीबार १९:१३ बजे

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीको रिहाइ माग गरेको छ । उन्मुक्तिले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका सांसद चौधरीको माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र सांसद चौधरीलाई रिहा नगरे आफ्ना कार्यकर्तालाई आन्दोलनका लागि उत्रन तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ ।


‘उनी २०६६ दृखि आजसम्म कहीं कतै फरार नरहेको र यो बीच्मा उनी चार पटकस्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्, त्यो बीचमाराज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो, आज पार्टीबाट संघमा विजयी हुँदा यो मुद्धा किन उठ्यो र पूर्वाग्राही आँखाले किन हेरियो ?’ विज्ञप्तिमा प्रश्न गरिएको छ ।

थरुहट आन्दोलनकारी र सरकारबीच सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले चौधरीकाे पक्राउबारे घोर भत्र्सना गरेको छ ।


Author

थप समाचार
x