सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राष्ट्रपतिको विषयमा छलफल हुँदै
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरबारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारूढ गठबन्धनभित्रको अविश्वास हटाउने विषयमा छलफल भइरहेको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरबार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन् ।
आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तार"ढ दलभित्र अविश्वास पैदा भएको छ । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले सशंकित हुँदै आएको छ ।
यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया