राजनीति

माओवादीद्वारा लुम्बिनी सरकारलाई अवैधानिक घोषणा

हतारमा विश्वासको मत लिने प्रधानमन्त्रीको घोषणामा आशंका

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:२६ बजे

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको छ । आज बसेको स्थायी समिति बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘लुम्बिनी प्रदेशमा जुन ढंगले अवैधानिक तरिकाले नयाँ प्रदेश सरकार बनाएको घोषणा गरिएको छ । त्यो अवैधानिक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघनको पराकाष्टा हो ।’


सर्वोच्च अदालतले फागनु २३ गते दुई पार्टी बनाउने फैसला आएपछि एक महिनाभित्र विश्वासको मत लिनु पर्नेमा नलिएर अहिले हतारमा लिन खोज्‍नुले प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य राम्रो नदेखिने  प्रवक्ता श्रेष्ठले बताए । नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशन बोलाउनुले पनि शंका उत्पन्‍न गराएको उनले बताए । 

‘केही समयभित्र संसदको नियमित अधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ । तर, नियमित अधिवेशन बोलाउनुको सट्टा विशेष अधिवेशन बोलाएपछि प्रधानमत्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिन्‍न,’ प्रवक्ता श्रेष्ठले भने, ‘ लोकतान्त्रिक शक्तिहरूले सचेततापूर्वक ध्यान दिनु पर्ने आवश्यकता छ भन्‍ने निष्कर्ष हामीले निकाल्यौं ।’

बैठकले हालैमात्र दुई प्रदेश प्रमुखलाई बलजफ्तीपूर्ण तरिकाले  विनाकारण विना औचित्य अपदस्त गरिएकोमा पनि आपत्ति जनाएको छ । 
 


Author

थप समाचार
x