राजनीति

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन, पत्र भाेलि संसद् सचिवालयमा दर्ता गर्ने

इकागज |
बैशाख २१, २०७८ मगलवार १७:४० बजे

काठमाडौँ  । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति पनि आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । ‘सरकारलाई समर्थन नरहेको पत्र भोलि संसद सचिवालयमा दर्ता गर्छाैँ’ माओवादी स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले इकागजसँग भने ।   माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ  । माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको मतियार भएको बताएको छ ।  



Author

थप समाचार
x