राजनीति

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

इकागज |
बैशाख २१, २०७८ मंगलबार १८:३९ बजे

फाइल फाेटाे

काठमाडौँ :  नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज मंगलबार बसेको पदाधिकारी बैठकले बैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेसँगै उक्त प्रस्ताव फेल गराउन पहल गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले इकागजलाई जानकारी दिए ।  

‘२७ गते प्रधानमन्त्रीले विश्वासको मत लिन संसद् बैठक आह्वान भएको छ । आजको विषयमा यो विषयमा पनि छलफल भयो,’ महतले भने, ‘सोही बैठकमा विश्वासको मत असफल पार्ने कांग्रेसले निर्णय गरेको छ ।’  


बैठकले कोभिड संक्रमण नियन्त्रण तथा नागरिकको जीवन रक्षा गर्न सरकारले नसकेको निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्राथमिकता भुलेको पनि उनले बताए ।  त्यस्तै लुम्बिनीमा अल्मतमा परेका मुख्यमन्त्रीले पुन शपथ लिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।  आज मात्रै नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  

 


Author

थप समाचार
x