राजनीति

उपराष्ट्रपति पुनले भने : क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा पुगेँ

इकागज |
फागुन २०, २०७९ शनिबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।

उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे । शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताए ।


संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरूले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे । उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए ।

 

 


Author

थप समाचार
x