राजनीति

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै ओलीले भने- महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ

इकागज |
फागुन २४, २०७९ बुधबार १३:२५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको बताए ।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए । ‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ । भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्नुभयो,' ओलीले भने, 'त्यो जिम्मेवारी एक पटक मात्रै होइन । फेरि उहाँ जिद्धी गरेर यहाँ रहनैपर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर पहिलो पटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । यो नेपालीहरूका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ ।’


अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए । 

 

 


Author

थप समाचार
x