राजनीति

राष्ट्रपति निर्वाचन : शीर्ष नेताले हाले मत (फोटो फिचर)

इकागज |
फागुन २५, २०७९ बिहीबार १२:१७ बजे

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीचको प्रतिस्पर्धामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।  


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले मतदान गरे ।

अहिले पनि राजनीतिक दलका वरिष्ठ नेतादेखि सांसदहरुले मतदान गरिरहेका छन् ।  

संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । यतिखेर मतदानस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शीर्ष नेता, संघीय सांसद  र प्रदेश सांसदहरुको उपस्थिति देखिन्छ । मत हाल्नका लागि सांसद आउने जाने क्रम जारी छ ।


Author

थप समाचार
x