राजनीति

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

इकागज |
फागुन २५, २०७९ बिहीबार १९:९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् ।

बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए ।


उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने उल्लेख गरे । उनले भने, ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर, समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।’

राष्ट्रपति निर्वाचनबाट आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । 


Author

थप समाचार
x