राजनीति

संसद् भवनमा प्रधानमन्त्री, देउवा र माधव नेपालबीच विश्वासकाे मत लिनेबारे छलफल

इकागज |
चैत ३, २०७९ शुक्रबार १५:६ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरूबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ । 


उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरूबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । 
 


Author

थप समाचार
x