राजनीति

उपराष्ट्रपतिका लागि सकियो मतदान, कति खस्यो मत ?

इकागज |
चैत ३, २०७९ शुक्रबार १५:२१ बजे

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान समय सकिएको छ । निर्वाचन अधिकृतले राखेको समयसीमा ३ बजेसँगै सकिएको हो । बिहान १० बजेदेखि ३ बजेसम्मका लागि मतदान समय छुट्टाएको थियो । 

संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ ।दिउँसो ३ बजेसँगै मतदान प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उपराष्ट्रपति बन्न नेकपा (एमाले) की उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उम्मेदवार रामसहायप्रसाद यादव र जनमत पार्टीको तर्फबाट ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।
 



Author

थप समाचार
x