राजनीति

रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:४१ बजे

काठमाडौं - नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । ​शुक्रबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।


यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए । ​

यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसदका एक जनाले मत दिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो । साथै जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन् । 

नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए ।

जसपा संसदीय दलका नेतासमेत रहेका यादव बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x