राजनीति

देशैभरीका सांसदलाई शीतलनिवासमा राष्ट्रपतिको चियापान

इकागज |
चैत ४, २०७९ शनिबार ६:४१ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतलनिवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागि शीतलनिवासमा बोलाएका हुन् ।


उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन्  । 

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।


Author

थप समाचार
x