राजनीति

बिहान ८ बजेदेखि मतदान सुरु हुँदै

स्ववियु निर्वाचन आज

इकागज |
चैत ५, २०७९ आइतबार ६:३४ बजे

काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरूमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

काठमाडौं  उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुनेगरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । 


पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।


Author

थप समाचार
x