राजनीति

शतप्रतिशत विश्वासको मत पाउनेमा प्रधानमन्त्री ढुक्क

इकागज |
चैत ५, २०७९ १७:२ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् । 


सोही बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे । आफूले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने उनले बताए । 
यसअघि  ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् । 


एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन् । 
 


Author

थप समाचार
ad
x