राजनीति

ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी

इकागज |
चैत ६, २०७९ सोमबार ७:५७ बजे

काठमाडौँ- नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन् । उनले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् ।

विजयी ढुंगेललाई नेविसंघ, र अनेरास्ववियूको पनि समर्थन थियो ।


ढुंगेल नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका थिए । १४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो ।

त्यस्तै, सचिवमा नेविसंघका मनोज सिंह र कोषाध्यक्षमा अनेरास्ववियुका संजिता नेम्वाङ विजयी भएका हुन् ।


Author

थप समाचार
x