राजनीति

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध : मन्त्री शर्मा

इकागज |
चैत १२, २०७९ आइतबार १९:१६ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी हुन् । उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठीक ठान्नेहरूले यसको विरोध गरेको उल्लेख गरिन् ।


मन्त्री शर्माले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरू सबैको साझा विषय भएको बताइन् । उनले यो विषय सबै नागरिक र सबै पार्टीहरूको पनि विषय भएको उल्लेख गरिन् ।

उनले विधेयकको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा सहमति जुटाउने अधिकतम कोसिस हुने बताइन् ।


Author

थप समाचार
x