राजनीति

नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ : सभामुख

इकागज |
चैत १३, २०७९ सोमबार १७:३ बजे

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको ४५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दृष्टिविहीनता न्यूनीकरणमा नेपालको उपचार विश्व स्तरकै रहेको भन्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका हुन् । उनले नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गरेपनि यो विषयको प्रचारप्रसार र विकास हुन नसकेको धारणा राखे ।


सभामुख घिमिरेले आँखाका समस्याका साथै दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए ।​

नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


Author

थप समाचार
x