राजनीति

लाइसेन्स अब तीन दिनमा दिन्छौँ : यातायात मन्त्री श्रेष्ठ

इकागज |
चैत १३, २०७९ सोमबार १७:१० बजे

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी  श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले तीन दिनमा पाउने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रूपमा ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने बताए । उनले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको जानकारी दिए ।


मन्त्री श्रेष्ठले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए । उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए । उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको बताए । अर्थले बजेट निकासा गरेपछि थप काम अगाडि बढ्ने उनकाे भनाइ छ ।


Author

थप समाचार
x