राजनीति

१९ सांसदमा देखियो कोभिड-१९ संक्रमण

इकागज |
बैशाख २५, २०७८ शनिबार १५:१ बजे

काठमाडौँ : संघीय संसद्का १९ जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक रहेको संसद् सचिवालयले जनाएको हो ।

संसद् भवन नयाँ बानेश्वरमा बैशाख २२,२३ र २४ गते गरिएको स्वाव संकलनपछि यो संक्रमण देखिएको छ । शनिबार दिउँसोसम्म १ हजार २३४ जनाको रिपोर्ट आएको छ । जसमा संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य रहेका छन् ।


संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार लगायत  १४१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ । २७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबारबाट यो परीक्षण थालिएको थियो । २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । 


Author

थप समाचार
x