पत्रकारमैत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । सभामुख घिमिरेले जनताको सुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरूलाई आवश्यक सहयोग गर्ने बताए । उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतीमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।
सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा सञ्चार क्षेत्रलाई लगाउने काममा रिपोर्टस् क्लब नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया