राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

इकागज |
बैशाख २६, २०७८ आइतबार १३:३३ बजे

काठमाडौँ :  कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने यो बैठक आइतबार दिउसो १ बजे सुरु भएको हो ।

 बैशाख २७ गते बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न आइतबार दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा यो बैठक बसेको छ । सभामुख र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित यो समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा बैठक कसरी अघि बढाउने भन्‍ने निष्कर्ष निकालिने सचिवालयले जनाएको छ । 



Author

थप समाचार
x