राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: भेटमा ओली र प्रचण्डबीच के कुरा भयो ?

इकागज |
बैशाख २३, २०८० शनिबार १५:२९ बजे

फाइल तस्बिर

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणका बिषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । नक्कली भूटाणी शरणार्थी प्रकरणका दोषी कोहिले पनि उन्मुक्ति नपाउने भन्दै प्रचण्डले प्रक्रिया, पद्धति र ऐन अनुसार कारवाही अघि बढ्ने स्पष्ट पारे । यसअघिको भेटमा पनि ओलीले चासो राखेकोे र शनिबारको भेटमा पनि त्यही विषयमा कुराकानी भएको भन्दै प्रचण्डले आफू कुनै दवावमा नपर्ने स्पष्ट पारे ।


त्यस्तै एमाले अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्तलाई एमालेले बचाउन लागेको भन्दै केही एमाले विरोधी व्यक्तिहरुले हल्ला चलाएको जिकिर गरे ।


प्रचण्ड र ओलीबीच यसअघि बिहीबार पनि भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हँुदा पनि उनी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिररहेको छ ।

 


Author

थप समाचार
x