राजनीति

ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश

इकागज |
बैशाख २५, २०८० सोमबार १६:४१ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

यो आदेशसँगै श्रेष्ठको सांसद पद अर्काे आदेश नभएसम्मका लागि कायम रहने भएको छ ।


इजलासले दुवै पक्षको बहस सकिएर आदेश नहुन्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चले बोलाएको छ । 

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनको सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाहीविरुद्ध ढाकाकुमार सर्वाेच्च अदालत पुगेका हुन् । 


Author

थप समाचार
x