राजनीति

सरकारलाई सङ्क्रमितको आँकडा दिनमा फुर्सद छैन : वर्षमान पुन

इकागज |
बैशाख २९, २०७८ बुधबार १९:३ बजे

काठमाडौँ : नेकपा माओवाद केन्द्रका नेता वर्षमान पुने सरकारले कोभिड १९ को संक्रमण नियन्त्रण गर्न चासो नदिएको बताएका छन् । उनले सरकारले अक्सिजन उत्पादन, वितरण र समन्वय गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन पनि सुझाब दिएका हुन् । 

‘हिजो मंगलबार गृह जिल्ला रोल्पाबाट हवाइ उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार पछि आईसीयूमा भर्ना गरियो । जुनसुकै अस्पतालमा जाँदा पनि एउटै जवाफ छ अक्सिजन छैन । सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘राजाधनीमा रहेका ठूल–ठूला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेकाछन । त्यति मात्र होइन उपचारत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ  ? प्रधानमन्त्री स्थिती नियन्त्रणमा छ, भनिरहेका छन् । स्वास्थ्य मन्त्री कमिसनको कुरा गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र सङ्क्रमितको आँकडा दिनमा फुर्सद छैन् ।’ 


कोभिडका कारण अवस्था जटिल बनेको भन्दै सबै क्षेत्रलाई सहयोगका लागि अनुरोध गरेका छन् । ‘यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीतिक दल,भगिनी संगठन,नीजि क्षेत्र,संघ संगठन, विदेशमा रहेका नेपाली दिदी, बहिनी, दाजु, भाइको विशेष सहयोग आवश्यक छ । कोरोना सङ्कटसँग जुध्न हामी सबै आ–आफ्नो ढंगले क्रियाशील बनौँ । सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले लेखेका छन् ।  

हिजो रोल्पाबाट हवाइ उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार पछि आईसीयूमा भर्ना गरियो /जुनसुकै अस्पतालमा जाँदा...

Posted by Barsha Man Pun 'Ananta' on Wednesday, May 12, 2021


Author

थप समाचार
x